


सरकारको दोहोरो चरित्र सह्य हुँदैन : विप्लव

काठमाडौँ – नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारको दोहोरो चरित्र सह्य नहुने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको समाजवादी मोर्चाको बैठकमा सरकारले आफूहरूसँग सहमति पनि गर्ने र घेराबन्दी पनि गर्ने कुरा सह्य नहुने चन्दले बताएका हन् ।
चन्दलाई अदालतबाट पक्राउ पुर्जी जारी गरिएको छ । उनले सरकारसँगको सहमति र अदालतको पक्राउ पुर्जीबारे समाजवादी मोर्चामा ध्यानाकर्षण गराइएको पनि जानकारी दिए ।
उनले भने, ‘बैठक आजबाट सुरु भएको छ । देशको परिस्थिति, समाजवादी मोर्चा, आगामी कामहरुको बारेमा छलफल सुरु भएको छ । आज साँझ फेरि ६ बजे यही बैठक हुन्छ र निर्णय हुन्छ, यो चाहीँ चल्दैन । सहमति पनि गर्ने, घेराबन्दी पनि गर्ने जो खालका चित्रहरू देखिएका छन्, त्यो चल्दैन ।’

