लुम्बिनीमा थपिए २ मन्त्री, ‘रोज राणा’ बने पर्यटन तथा यातायात व्यवस्था मन्त्री


बुटवल – लुम्बिनी प्रदेश सरकारमा दुई मन्त्री थपेर आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ ।

कांग्रेसबाट प्युठानका सांसद सरोज (राेज राणा) थापा र माओवादीबाट बाँकेकी सांसद कृष्णा केसीलाई मन्त्री बनाउने टुंगो लागेको गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले रातोपाटीलाई बताए ।

उनका अनुसार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार कांग्रेसबाट थापालाई मन्त्री बनाउने टुंगो लगाएका हुन् । थापा र केसीलाई आइतबार शपथग्रहण गराइने कार्यक्रम तय भएको पाण्डेयले बताए ।

केसी खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय मन्त्री बन्ने टुंगो लागेको छ ।

थापालाई पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । उनी प्युठान प्रदेशसभा २ मा विजयी भएका हुन्। उनी फिल्म क्षेत्रमा रोज राणाको नामले चिनिन्छन्।

 

प्रतिक्रिया