एमाले छोडेर राप्रपा प्रवेश गरेका पूर्वसांसद शाह उपाध्यक्षमा मनोनित


काठमाडौं – एमाले छोडेर राप्रपा नेपालमा प्रवेश गरेका पूर्वसांसद गोविन्द विक्रम शाह ९जाजरकोट० सीधै पार्टी उपाध्यक्षमा मनोनीत भएका छन् ।

विधानले दिएको अधिकार प्रयोग गर्दै अध्यक्ष कमल थापाले उनलाई उपाध्यक्ष बनाएका हुन् । गत पुस ३ गते शाहलाई थापाले राप्रपा नेपालमा प्रवेश गराएका थिए ।

उनी जाजरकोटबाट निर्वाचित एमालेका पुर्वसांसद तथा पूर्वजिविस सभापति हुन् । देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक रहेको भन्दै उनी राप्रपा नेपालमा प्रवेश गरेका थिए ।

उपाध्यक्षमा शाहको मनोनयनले पार्टी संगठन सुदृढीकरणमा महत्वपूर्ण भुमिका खेल्ने अध्यक्ष थापाले बताएका छन् । उनले शाहलाई जिम्मेवारीपत्र हस्तान्तरण गर्दै बधाई सफल कार्यकालको शुभकामना दिए ।

प्रतिक्रिया