
राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबिच भेटघाट
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट गरेका छन् ।
शनिबार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबीच भेटवार्ता भएको हो ।
सो भेटवार्तामा मुलुकको समसामयिक विविध विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।



कागजपत्र |
