बढुवा भएका सेनाका रथी सिग्देल र उपरथी पाैडेललाई दर्ज्यानी चिह्न


काठमाडौं – नेपाली सेनाको रथी दर्जामा पदोन्नति भएका अशोकराज सिग्देलले दर्ज्यानी चिह्न लगाएका छन् ।

प्रधान सेनापति प्रभुराम शर्माले रथी सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । उपरथी रहेका सिग्देललाई नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २८ गतेको निर्णयले बढुवा गरेको थियो ।

रथी भएसँगै उनी ९ महिनापछि प्रधानसेनापति हुनेछन् ।

साथै आजै जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापतिले उपरथी दर्जामा पदोन्नति भएका सन्तोष वल्लभ पौडेललाई पनि पदोन्नति भएको दर्जाको दर्ज्यानी चिह्न प्रदान गरे।

रथी सिग्देल बलाधिकृत र उपरथी पौडेल पश्चिम पृतनापतिमा नियुक्त भएका छन् ।

प्रतिक्रिया