प्रश्नपत्रमार्फत् धर्मको प्रचार गर्दै विद्यालय, उपमहानगरले सोध्यो स्पष्टिकरण
काठमाडौं- बुटवलको कान्ति माध्यमिक विद्यालयले धर्मको प्रचार गर्ने खालको प्रश्नपत्र सोधेको पाइएको छ । कक्षा ७ को दोस्रो त्रैमासिक परीक्षामा इसाई धर्मको प्रचार गर्ने खालका प्रश्न सोधेको पाइएको हो ।
धर्मको प्रचार गर्ने खालका प्रश्न सोधिएपछि बुटवल उपमहानगरपालिकाले जवाफ पेश गर्न विद्यालयलाई पत्र काटेको छ ।
उपमहानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले ‘विद्यालयलाई पठाएको पत्रमा दोस्रो त्रैमासिक परीक्षाको कक्षा ७ को स्थानीय पाठ्यपुस्तक ‘हाम्रो वुटवल’ को पश्न पत्रमा प्रश्न नं.३ (क), प्रश्न नं. ४ (क) प्रश्न नं. ५(ख) र (ञ) गरी ४ वटै प्रश्नहरु इसाई धर्म सम्बन्धित मात्र रहेको पाइएकोले यति धेरै प्रश्नहरु एउटै धर्म सम्प्रदायसंग सम्बन्धित हुँदा धार्मिक सहिष्णुतामा नकारात्मक प्रभाव पारिएको भन्ने गुनासो सुनिन काएकोले के कति कारणले यस्तो भएको हो ? ’ भन्दै स्पष्टिकरण सोधेका हुन् ।
यता विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले एकमात्र धर्मलाई लक्षित गरेर विद्यार्थीलाई प्रश्न सोधिएको स्वीकार गरेका छन् । उनले नियतवस त्यस्तो नगरेको बताएका छन् ।
प्रश्नपत्रमा धेरैजसो प्रश्नपत्र इसाई धर्मबाट सोधिएको भन्दै विद्यालयको आलोचना भइरहेको छ ।
ु