आज जेलमुक्त हुँदै पूर्वगृहमन्त्री बालकृष्ण खाँण


काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनिएका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण आज रिहा हुँदै छन् ।

बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोड्न आदेश दिएपछि नेता खाण शुक्रवार धरौटी बुझाएर रिहा हुन लागेका हुन् ।

उच्चको आदेशबमोजिम शुक्रवार काठमाडौँ जिल्ला अदालतमा धरौटी बुझाएपछि खाण रिहा हुने जनाइएको छ ।

खाणलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा गत बैशाख २७ गते प्रहरीले पक्राउ गरेको थियो । उनी विरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएकोमा उच्च अदालतले बदर गरिदिएको हो ।

 

प्रतिक्रिया