आजको मौसमः तीन प्रदेशमा बिहान आंशिक बदली, दिउँसो मौसम सफा


काठमाडौं – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू–भागमा हुस्सु/कुहिरो लागेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले नियमित बुलेलिनमार्फत् अद्यावधिक गरेको छ।

शुक्रबार दिउँसो सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।

प्रतिक्रिया