माटाले पुरेर मृत्यु


धादिङ – उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा डोजरले फालेको माटाले पुरिएर आज अपराह्न एक महिलाको मत्यु भएको छ ।

सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गरेकाे ठाँउबाट बाटो पार गर्ने क्रममा पुरिएर त्रिपुरासुन्दरी – १ की ४५ वर्षीया सरस्वती कुमालको मृत्यु भएको हो ।

सडक निर्माणका क्रममा माटो फालिरहेका बेला बाटो पार गर्ने क्रममा कुमाल पुरिनुभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए ।

शव परीक्षणका लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

प्रतिक्रिया