मोटरसाइकल वर्कशपमा आगलागी, १ जना घाइते


सिरहा – सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित रिना मोटरसाइकल वर्कशपमा शनिबार बेलुका भएको आगलागीबाट करिव दश लाख रुपैयाँ बराबरको धनमालमा क्षति पुगेको छ।

सो आगलागीमा परी एक जना घाइते भएका छन्। आगो निभाउने क्रममा वर्कशपका संचालक शम्भु यादव घाइते भएको प्रहरीले जनाएको छ। घाइते यादवको उपचार स्थानीय एक क्लिनिकमा भइरहेको छ। उनको अवस्था सामान्य रहेको परिवारजनले जनाएको छ।

स्थानीय एवम् प्रहरीको सहयोगमा एक घण्टापछि आगोलाई नियन्त्रणमा लिइएको थियो। आगलागीको बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ।

प्रतिक्रिया