

चिसोका कारण त्रिपालमुनि बसिरहेकी बालिकाको मृत्यु

जाजरकोट- स्जाजरकोटमा चिसोले एक बालिकाको मृत्यु भएको छ। भुकम्पपछि त्रिपालमा बस्दै आएका कुशे गाउँपालिका–१ स्याक्रीका सुनील बादीकी तीन वर्षीया छोरी रक्षा बादीको मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए।
चिसोका कारण उनलाई निमोनिया भएको थियो। निमोनियाले सिकिस्त बनेपछि उपचारका लागि छेडागाड नगरपालिकास्थित मटेलामा रहेको मेडिकलमा लैजाने क्रममा रक्षाको मृत्यु भएको अध्यक्ष बस्नेतले बताए।
गएको कात्तिक १७ गते गएको भूकम्पले घर चर्किएपछि उनकोको परिवार त्रिपालमुनि बसिरहेको थियो।

