प्रधानमन्त्री दुबई प्रस्थान


काठमाडौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबई प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन आज (बुधबार) साँझ संयुक्त अरब इमिरेट्स तर्फ प्रस्थान गरेका हुन् ।

कोप–२८ मा नेपालको सहभागितासँगै अति कम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्नेछ ।

युएईको दुबईमा बिहीबार सम्मेलनको उद्घाटन समारोह हुँदै छ । यस वर्षको आयोजक राष्ट्रका रूपमा युएईले अध्यक्षता गर्दै छ ।

 

प्रतिक्रिया