युएई उड्नुअघि प्रधानमन्त्री दाहालले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आजविहान ९ बजे बैठक बस्ने जनाइएकाे छ ।

मंगलबार बस्नुपर्ने नियमित बैठक बस्न नसकेपछि प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् बोलाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल कोप–२८ मा सहभागी हुन आज संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गर्दै छ । बेलुका साढे ९ बजेको फ्लाइटमार्फत प्रधानमन्त्रीको टोली युएई प्रस्थान गर्ने कार्यतालिका रहेको छ।

प्रतिक्रिया