
वित्तीय विवरण नबुझाउने ८८ कम्पनी कारबाहीमा
काठमाडौँ – नेपाल धितोपत्र बोर्डले समयमै वित्तीय विवरण नबुझाएका सूचीकृत ८८ कम्पनीलाई कारबाही गरेको छ ।
बोर्डले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक विवरण ढिलो बुझाउने तथा नबुझाएका संस्थाहरूलाई कारबाही स्वरूप जरिवाना तिराइएको हो ।
कारबाही गरिएका ८८ कम्पनीमध्ये ६९ कम्पनीले ढिला वित्तीय विवरण बुझाएका थिए । उनीहरूलाई बोर्डले प्रतिकम्पनी ५० हजार रुपैयाँका दरले जरिवाना तिराएको छ ।
त्यस्तै वित्तीय विवरण नबुझाएका १९ कम्पनीलाई भने प्रतिकम्पनी १ लाख रुपैयाँका दरले जरिवाना तिराइएको छ । वित्तीय विवरण ढिला बुझाउनेमा अधिकांश माइक्रोफाइनान्स र जलविद्युत् कम्पनी छन् ।



कागजपत्र |
