

काठमाडौंबाट दिल्ली उडेको विमानमा समस्या देखिएपछि फर्काइयो

काठमाडौं — काठमाडौंबाट भारतको राजधानी नयाँदिल्लीका लागि उठेको एयर इन्डियाको जहाज पुनः काठमाडौं फर्काइएको छ ।
त्रिभुवन विमानस्थलबाट भारतको नयाँ दिल्लीका लागि उडेको विमानमा प्राविधिक समस्या देखिएपछि विमानलाई डाइभर्ट गरी पुनः काठमाडौं फर्काइएको हो ।
१२५ जना यात्रु लिएर उडेको एआई २१६ उडानको उक्त विमान काठमाडौंबाट साँझको ७ बजेर २ मिनेटमा उडेको विमान ७ बजेर ३२ मिनेटमा आकस्मिक ल्याण्ड गरिएको जनाइएको छ ।
विमान फर्काइएपछि सो विमानका यात्रुलाई आज होटलमा राखिएको जनाइएको छ ।
विमानको प्राविधिक समस्याबारे थप विस्तृत विवरण भने आईसकेको छैन ।

