काठमाडौं – पहाडी भू–भागमा आंशिक बदली रही बिहीबार बिहान देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
काठमाडौंमा भने आज मौसम बदली हुनेछ। दिनभर घाम लाग्ने र बादल लाग्ने क्रम चलिरहनेछ।
राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।


कागजपत्र |


