नेपालगन्ज उडेको बुद्ध एयरको जहाज अवतरण नगरी काठमाडौं फर्कियो


काठमाडौं – काठमाडौंबाट नेपालगन्जका लागि उडेको बुद्ध एयरको एटिआर विमान अवतरण नगरी काठमाडौं फर्किएको छ ।

बुधवार बिहान काठमाडौंबाट बुधवार बिहान करिब ७ बजेर ४५ मिनेटमा उडेको विमान मौसम खराबीका कारण नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसक्दा दाङको आकाशमा पुगेर काठमाडौं फर्किएको हो ।

नेपालगन्ज विमानस्थलमा हुस्सु लागेकोले विमान अवतरण गर्न नसक्ने देखिएपछि पुन काठमाडौं फर्काइएको नेपालगन्ज विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया