
इलाममा विद्यार्थी बोकेको बस दुर्घटना, ३७ जना घाइते
इलाम – इलाममा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । शैक्षिक भ्रमणका लागि इलाम जाँदै गरेको धनुषाका विद्यार्थी चढेको बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् ।
ना६ख ८४२४ नम्बरको बस रोङ गाउँपालिकामा दुर्घटना भएको हो ।
शैक्षिक भ्रमणका लागि धनुषाबाट इलाम गएका विद्यार्थीसहितको टोली बोकेको बस आइतबार ४ः४० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएका छन् । बस सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।
घाइतेमध्ये २६ जनाको झापास्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।



कागजपत्र |
