


कोमल वलीलाई मातृशोक

काठमाडौं – चर्चित गायिका एवं एमाले नेतृ तथा पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीलाई मातृशोक परेको छ ।
उनकी आमा दीपा वलीको ८२ वर्षको उमेरमा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो । उनको शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरुले घोषणा गरेका हुन् ।
हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समयअगाडि देखि बिमार वलीको केही साता यता अल्का अस्पतालमा उपचार भइरहेको थियो ।
उनका श्रीमान, दुई छोरा र दुई छोरी छन् ।

