

डा. भट्टराई नेतृत्वको पार्टीद्वारा भूकम्पपीडितका लागि १० लाख रुपैयाँ सहयोग

काठमाडौं – नेपाल समाजवादी पार्टीले जाजरकोट तथा रुकुमका भूकम्पपीडितका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ।
समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले जाजरकोट–रूकुम पश्चिम भूकम्पपीडितका लागि १० लाख रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका छन्।
भट्टराईले सामाजिक सञ्जालमार्फत भूकम्पपीडितलाई १० लाख रुपैयाँ सहयोग गरेको जानकारी दिएका हुन्।

