

भुटानी शरणार्थी प्रकरण: ५ आरोपितसँग प्रहरीले लियो बयान

काठमाडौँ – भुटानी शरणार्थी प्रकरणमा प्रहरीले दोस्रो चरणको अनुसन्धान गरिरहेको छ । अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरूले थुनामा रहेका ५ जना आरोपितहरूसँग बयान लिएका छन् ।
‘भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउँछौँ’ भनेर रकम उठाएको आरोप लागेका पाँच जनासँग बयान लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) कुमोध ढुङ्गेलले बताए । जेलबाट झिकाएर टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा सानु भण्डारी, रामशरण केसी, केशव दुलाल, आङटावा शेर्पा र सागर राईसँग बयान लिइएको हो ।
पाँच जना आरोपितहरू जिल्ला अदालत काठमाडौँको आदेशले पुर्पक्षका लागि थुनामा छन् । पहिलो चरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १६ जना थुनामा छन् ।

