मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौँ – मन्त्रिपरिषद्को बैठक अहिले केही बेरमा बस्दै छ ।

बैठक ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बोलाइएको भए पनि केहीबेरमा मात्रै शुरु हुने बताइएको छ । अहिले मन्त्रीहरू आउने क्रम जारी छ ।

बैठकमा मन्त्रालयका नियमित एजेन्डाबारे छलफल तथा निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको बैठकमा जाजरकोट र रुकुम भूकम्प प्रभावितहरूको राहत तथा पुनर्निर्माणबारे पनि केही छलफल हुने बताइएको छ ।

प्रतिक्रिया