सुदूरपश्चिम सरकारद्वारा १ करोड रुपैयाँ सहयोगसहित २० जना स्वास्थ्यकर्मी पठाउने घोषणा


धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट भूकम्प प्रभावितलाई राहतको लागि एक करोड रुपैयाँ रकम सहयोग गर्ने घोषणा गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सहयोग गर्ने निर्णय गर्दै घोषणा गरेको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहले गएराति जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको कारण ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोग गर्ने निर्णय गरेको बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले कर्णाली प्रदेश सरकारलाई सहायता पुग्ने गरी तत्काल रु १ करोड र स्वास्थ्य सामाग्रीसहित २० जनाको चिकित्सक टोली आजै जाने निर्णय गरेको हो ।

प्रतिक्रिया