
कालिमाटीमा सेनाका लेसनायक मृत फेला
काठमाडौँ – काठमाडौँको कालिमाटी स्थित सोल्टीमोडमा पुरुष व्यक्तिको शव भेटिएको छ ।
सोल्टिमोड स्थित सड्कमा सुमन कार्कीको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए ।
सेनाको लेसनायक रहेका सुमन जंगी अड्डास्थित गणेश दल गणमा कार्यरत रहेको थाहा भएको छ ।
वर्षीय सुमन चन्द्रागिरी नगरपालिका–६ का स्थानीय हुन् । सोल्टीमोडस्थित दरबार बैंक्वेट अगाडी उनको शव भेटिएको हो ।
घटनाबारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ ।



कागजपत्र |
