भूकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु


रुपन्देही – भूकम्पमा परेर गम्भीर घाइते भएकी जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ।

जाजरकोटको सदरमुकाम खलंगामा रहेकी सिंह राती ११ः४७ मा गएको भूकम्पमा भत्केको संरचनामा परेर गम्भीर घाइते भएकी थिइन्। उनको निधन भएको जानकारी पाएको नलगाड नगरपालिका वडा नं २ का वडाध्यक्ष पुर्णबहादुर खत्रीले बताए ।

सिंह गतवर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भई निर्वाचित भएकी थिइन्।

 

प्रतिक्रिया