
राष्ट्रियसभा बैठक बस्दै, विद्युत व्यापार विधेयकको प्रतिवेदन पेश गरिने
काठमाडौं – राष्ट्रियसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार बिहिवारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यहरूको कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्योहोरा जानकारी गराइने छ ।
साथै, बिधायन ब्यवस्थापन समितिका सभापति जयन्ती देवी राइले ‘बिधुतीय ब्यापार बिधेयक २०८०’ सबन्धी समितिको प्रतिबेदन सभा समक्ष पेश गर्ने कार्यसुचीमा उल्लेख गरिएको छ ।




कागजपत्र |
