निजी कम्पनीको पैसा खाएर मेयर फोरमको बैठक बोलाइयोः मेयर बालेन


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कुनै निजी कम्पनीबाट पैसा खाएर उपत्यका मेयर फोरमको बैठक बोलाइएको गम्भीर आरोप लगाएका छन् ।

मंगलबार ललितपुर महानगरपालिकामा बसेको फोरमको बैठक बिचैमा छाडेर बाहिरिएका शाहले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन् ।

उपथ्यकाका १७ वटा नगरपालिकाले कुनै निजी कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेर आफूले कसैको अपमान नगरेको मेयर शाहको तर्क छ । उनले भनेका छन्, ‘नेताज्यूहरुले त देश नै बेच्न खोजिसक्नु भयो तर काठमाडौँ महानगर बिक्रीमा छैन । तपाईंहरुले पुरै देश नै बेच्नु भयो भने पनि काठमाडौँ एक्लै भए पनि नेपाल भनेर उभिनेछ ।’

b

प्रतिक्रिया