

प्रधानमन्त्री ‘प्रचण्ड’ लुम्बिनीमा

लुम्बिनी – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन्।
नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न उनी त्यहाँ पुगेका हुन् ।
महासचिव अन्नपूर्ण बेसक्याम्पबाट भैरहवा हुँदै लुम्बिनी आउँदै छन् ।
लुम्बिनीमा प्रधानमन्त्री दाहाललाई लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटनमन्त्री सुदन किराती, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामालगायतले स्वागत गरेका छन् ।
महासचिव गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसङ्घका छैटौँ महासचिव छन् ।

