रुपेश हत्या प्रकरणः प्रेमिका नै मुख्य योजनाकार, १० जना पक्राउ


काठमाडौं — बारास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्याको आरोपमा अहिलेसम्म १० जना पक्राउ परेका छन् । सोमबार दिउँसो गोली हानिएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले उनकी प्रेमिकासहित १० जनालाई पक्राउ गरेको हो । पक्राउ परेका आरोपीलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी छ ।

बारा कलैया उपमहानगरपालिका–६, का रुपेसमाथि सोमबार दिउँसो १ बजे कलैया बजारमै गोली हानिएका रुपेशमाथि ५ राउण्ड गोली प्रहार गरिएको थियो । गोली लागेर घाइते भएका उनको अस्पतालमा उपचार गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार उनीमाथि पाँचवटा गोली प्रहार भएको थियो । रुपेश बाल एकता बोर्डिङ स्कुल कलैयाका प्रिन्सिपलसमेत रहेको खुलेको छ । उनीमाथि २ वटा मोटरसाइकलमा आएका समूहले गोली प्रहार गरेको प्रहरीले दाबी गरेको छ ।

तर बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार घटनाका बारेमा अनुुसन्धान हुँदा महिला नै हत्याको मुख्य योजनाकार भएको पाइएको बताए । पक्राउ परेका १० मध्ये ६ जना घटनामा संलग्न रहेको जनाइएको छ । प्रेमिका भनिएकी महिलाले आफ्नो अर्को प्रेमीसँगको मिलेमतोमा रुपेशको हत्या गराएको अनुसन्धानमा देखिए पनि थप पुष्टी भने भइनसकेको प्रहरीले जनाएको छ ।

यसअघि साउन र भदौमा पनि उनीमाथि गोली हान्ने योजना रहेको ती महिलाले बताएको र ति घटनामा रुपेश भाग्न सफल भएको जनाइएको छ । तर, सो बारे रुपेशले प्रहरीलाई जानकारी गराएका थिएनन् ।

प्रतिक्रिया