

बेथानचोकमा एमाले नेताहरु चढेको जिप दुर्घटना, ७ जना घाइते

काभ्रे — काभ्रेको बेथानचोकमा जिप दुर्घटना भएको छ । नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद नविना लामासहित नेताहरु चढेको बा १४ च ७०७७ नम्बरको बोलेर गाडी काभ्रेको बेथानचोक—१ मा पल्टिँदा बागमती प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामासहित केही घाइते भएका छन् ।
काभ्रेको खानीखोला पुगेर फर्किँदै गरेको गाडी गुवाभन्ज्याङमा ब्रेक फेल भएर सडकमा पल्टिएको जनाइएको छ ।
उक्त गाडीमा संविधानसभा सदस्य तथा एमाले नेता रामहरी सुवेदी समेत रहेका थिए । पार्टी कामको सिलसिलामा बेथानचोक पुगेका नेताहरुलाई तत्कालै एम्बुलेन्सबाट उद्धार गरिएको छ ।
७ जना घाइतेलाई तत्काल उद्धार गरी अस्पताल पठाइएको छ ।

