

विद्यालयमा आगलागी, १ करोड बढीको क्षति

तेह्रथुम – तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा शनिबार बिहान आगलागी भएको छ ।
विद्यालयको प्राशसनिक भवनमा बिहान करीब ३ बजेतिर आगलागी सुरु भएको हो । आगलागीमा परी विद्यालयको प्रशासनिक भवनसहित अन्य भौतिक संरचना पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
आगलागीमा १ करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको विद्यालयका प्रध्यानाध्यापक कुलप्रसाद दुलालले बताएका छन् ।
विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने विद्यालयले जनाएको छ ।

