

अब प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइ समय ११ देखि ३ बजेसम्म हुने

काठमाडौँ – सर्वोच्च अदालतमा दसैंको अवधिमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइ प्रत्येक दिन बिहान ११ देखि ३ बजेसम्म हुने भएको छ ।
दसैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमाका दिनसम्म अदालत बन्द हुन्छ ।
त्यस अवधिमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन भने सुनुवाइ हुन्छ ।
सर्वोच्च अदालतले आइतबार सूचना प्रकाशित गरी बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ गर्ने न्यायाधीशको सूची तय गरेको छ ।

