चितवनमा स्कुटर दुर्घटना हुँदा सिन्धुपाल्चाेककी युवतीको मृत्यु


चितवन – नारायणगढ–मुग्लिन सडकखण्डमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका–६ की २४ वर्षीया संगीता भण्डारी रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार इच्छाकामना गाउँपालिका–६, नौकिलोनजिक बाप्र०२०४६प १६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई पल्टँदा चालक भण्डारीको मृत्यु भएको हो ।

आइतबार बिहान ७ः४५ बजे दुर्घटना हुँदा भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । -रासस

प्रतिक्रिया