मनाङ एयर दुर्घटनाः पाइलट सेढाईलाई उपचारका लागि काठमाडौं ल्याइँदै


काठमाडौं – लोबुचेमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएका पाइलट प्रकाश कुमार सेढाईलाई उपचारका लागि काठमाडौं ल्याइँदै छ ।

फिस्टेल एयरको हेलिकोप्टरबाट उनलाई काठमाडौं ल्याइँदै गरेको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

हेलिकोप्टरमा पाइलटमात्रै रहेको जनाइएको छ ।

रुम्जाटारबाट लोबुचे उडेको ९ एनएएनजे कलसाइन भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको हो ।

प्रतिक्रिया