इजरायलमा रहेका नेपाली लिन आजै जहाज पठाउँदै सरकार


काठमाडौं – सरकारले इजरायलमा रहेका नेपाली लिन आज (बुधबार) जहाज पठाउने तयारी गरेको छ ।

सरकारले आज रातिसम्म जहाज इजरायलको तेलअभिवतर्फ पठाउने तयारी गरेको हो ।

परराष्ट्र मन्त्रालयले आजै दिउँसो साढे चार बजे सिंहदरबारमा पत्रकार सम्मेलन गर्दैछ । उक्त पत्रकार सम्मेलनमा नेपालीलाई लिन जहाज पठाउने विषयमा जानकारी गराउने पनि परराष्ट्र स्रोतले जनाएको छ ।

उक्त जहाजमा इजरायलबाट नेपाल फर्किन चाहने नेपालीलाई ल्याइने छ । त्यस्तै हमासको आक्रमणबाट मृत्यु भएका १० नेपाली विद्यार्थीको शव पनि सोही जहाजमा ल्याइने छ । हालसम्म ३५० जना नेपाली इजरायलबाट नेपाल फर्किन नाम टिपाएका छन् ।

प्रतिक्रिया