

खुल्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला, जोखिम कम हुँदै

पोखरा – पहिरोले थुनिएको कास्कीको अन्नपूर्ण गाउँपालिकाको किम्रोङ खोलाको पानी बिस्तारै बग्न थालेको छ ।
थुनिएको खोलाको छेउबाट आफैं विस्तारै पानी बग्न थालेकाले अन्नपूर्ण गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर ७ का वडाध्यक्ष भरतमान गुरुङले जानकारी दिए ।
विस्तारै पानी बग्न थालेपछि जोखिम कम हुँदै गएको प्रवक्ता गुरुङले बताए ।
खोलामाथिबाट पहिरो आएपछि किम्रोङ खोला शनिबार राति ९ बजेदेखि पहिरोले खोलामा पानी थुनिएको थियो ।

