शिशापाङ्मा हिमालमा हिमपहिरो, अमेरिकी आरोही अन्ना र एक नेपाली गाइडको मृत्यु


काठमाडौं – शिशापाङ्मा हिमालमा हिमपहिरो जाँदा कम्तिमा दुई जनाको ज्यान गएको छ । आज (शनिबार) दिउँसो उक्त हिमालमा ठूलो हिमपहिरो गएको जनाइएको छ ।

हिमपहिरोमा परी अमेरिकी आरोही अन्ना गुटु र उनकी गाइड मिंगमार शेर्पाको मृत्यु भएको छ । नेपाल र तिब्बतको सीमामा रहेको ७ हजार ८ सय मिटर अग्लो शिखर आरोहण गर्न गएका अन्य दुई जना हराइरहेको बताइको छ ।

अमेरिकी आरोही जिना मारिया र उनकी गाइड तेजेन लामा हराइरहेका छन् । यो हिमपहिरोमा परी कामी रिता शेपा, मित्रबहादुर तामाङ र कर्मा ग्याल्जेनङ शेर्पा घाइते भएका छन् ।

प्रतिक्रिया