कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले राजीनामा दिने


विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिने भएका छन्। उनले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने भएको एमाले स्रोतले जनाएको छ।

उनले आजै विश्वासको मत लिने समय तोकिएको छ। विश्वासको मत प्राप्त हुने अवस्था नदेखेपछि उनले मार्गप्रसस्त गर्न लागेका हुन्।

एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्रीले आजै राजीनामा दिने बताइन् । कोशी प्रदेशसभामा नेपाली कांग्रेसका २९, नेकपा एमालेका उपसभामुखसहित ४०, नेकपा माओवादी केन्द्र का १३, नेकपा एकीकृत समाजवादीका चार, जसपा एक र राप्रपाका ६ जना प्रदेशसभा सदस्य छन्।

सत्तापक्ष नेकपा एमाले नेतृत्वको सरकारलाई नेपाली कांग्रेस संसदीय दलको निर्णयअनुसार सरकारलाई विश्वासको मत नदिने सार्वजनिक गरिसकेको छ भने अन्य पार्टीले विश्वासको मत दिने वा नदिने निर्णय गरिसकेका छैनन्।

प्रतिक्रिया