

सेनाको ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडाैं – नेपाली सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक युवतीको मृत्यु भएको छ ।
गएराति साढे सात बजे भद्रकाली मोडमा सेनाको ट्रकले ठक्कर दिँदा काठमाडौँ महानगरपालिका–१३ ताहचल घर भएकी ३२ वर्षीया आकृति शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बागमती प्रदेश ०२ ०१८ प ९२७७ नम्बरको स्कुटरमा सवा शर्मालाई सेनाको प्र ३०१–००१ ग ३७०५ नम्बरको ट्रकले ठक्कर दिएको हो ।
दुर्घटनापछि ट्रक चालक नेपाली सेनाका हवल्दार मोहम्मद नुर रयानदेबानलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

