

भूकम्पपछि आएको पहिरोमा परेर बझाङमा एक जनाको मृत्यु

बझाङ – बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर एक जनाको निधन भएको छ।
जयपृथ्वी नगरपालिका-११ स्थित ओखरमा एक जनाको निधन भएको हो। मृत्यु हुनेमा करिव ४० वर्षीय गुनमति धामी रहेको प्रहरीको भनाइ छ।
बझाङको जयपृथ्वी नगरपालिका केन्द्रबिन्दू बनाएर दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो । त्यसपछि ३ बजेर ६ मिनेटमा पुन सोही क्षेत्र केन्द्रबिन्दू बनाएर ६ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो । भूकम्पको धक्का सुदूरपश्चिम लगायत देशका विभिन्न भागमा महशुस गरेको थियो ।
भूकम्पसँगै जयपृथ्वी राजमार्गमा ठाउँ ठाउँमा सुक्खा पहिरो गएकाे छ । प्रहरीका अनुसार सडक माथिबाट पहिरो जादा जयपृथ्वी नगरपालिका–७ को कचरी खोलामा राजमार्ग अवरुद्ध भएको छ ।

