दाङमा यात्रुबहाक बस दुर्घटना, १४ जना घाइते


दाङ – दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

सोमबार बिहान पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस लमही नगरपालिका–४ बगइसोतामा दुर्घटना हुँदा १४ जना घाइते भएका हुन्।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठका अनुसार बिहान करिब ५ बजे अनियन्त्रित भई बस दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाहरूको उपचार लमही अस्पतालमा भइरहेको उनले जानकारी दिए।

धेरै चोटपटक लागेकाहरूलाइ थप उपचारका लागि अन्य जिल्लामा पठाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया