एमाले कोशी प्रदेश अधिवेशन : नयाँ नेतृत्व चयनका लागि भोलि मतदान


विराटनगर – नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया सुरु भएको छ । शुक्रबार राजनीतिक प्रतिवेदनहरुमाथिको छलफल सकिएसँगै निर्वाचन कार्यतालिका प्रकाशन भएको हो ।

निर्वाचन कार्यक्रमअनुसार अहिले भर्खरै उम्मेदवारी मनोनयन सुरु भएको छ । उम्मेदवारी दर्ता भइसकेपछि आजै साँझ ५ः३० बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची छ । मतदान भने आइतबार बिहान ११ बजेबाट हुने कार्यतालिकामा उल्लेख छ ।

अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ । जसमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी तथा सदस्यहरू निर्वाचित गर्नेछ ।

नेताहरुले सहमतिमा नेतृत्व चयन गर्न दबाब दिँदै आएका छन् । तर, आकांक्षीहरु आफ्नो नाममा भए सहमति, नभए निर्वाचनमा जानुपर्ने अडानमा छन् । त्यसैले पनि मतदानमा जाने निश्चित जस्तै छ ।

प्रदेश कमिटीको अध्यक्ष बन्नका लागि अहिलेसम्म दुई जना मुख्य दाबेदार छन् । मोरङका विनोद ढकाल र घनश्याम खतिवडाबीच अध्यक्षमा प्रतिस्पर्धा हुने सम्भावना छ ।

प्रतिक्रिया