
राहत शिक्षकहरू विरोध आज पनि जारी
काठमाडौँ – विद्यालय शिक्षाको विरोधमा आन्दोलनरत राहत शिक्षकहरूले काठमाडौँमा आज पनि प्रदर्शन जारी राखेका छन् ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरूले माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन् ।
सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरूको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरूले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् । राहत शिक्षकहरूले शिक्षक महासङ्घले धोका दिएको भन्दै आफूहरूको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
माइतीघर नयाँबानेश्वर सडक खण्डमा शिक्षकहरूले प्रदर्शन गर्दा केहीबेर सवारी आवागमन समेत प्रभावित हुने गरेको छ ।



कागजपत्र |
