६० किलो सुन प्रकरणः आजदेखि थुनछेक बहस हुँदै


काठमाडौं –काठमाडौंको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा आज (बुधबार) देखि थुनछेक बहस सुरु हुने भएको छ ।

उक्त प्रकरणमा संलग्न २६ जना प्रतिवादीको मंगलबार बयान सकिएसँगै आजदेखि थुनछेक बहस सुरु हुने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जनाए ।

दाहालका अनुसार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान सकिएकाले आजदेखि थुनछेक बहस सुरु हुने भएको हो ।

उक्त प्रकरणमा नेपाली र विदेशी गरी २६ जना हिरासतमा रहेका छन् ।

 

प्रतिक्रिया