सुन तस्करी प्रकरणः आयोग गठनका लागि सरकारले बोलायो प्रमुख दलका नेताको बैठक


काठमाडौं – सरकारले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा छलफल गर्न प्रमुख दलका नेताहरूको बैठक बोलाएको छ । गृह मन्त्रलायमा बस्ने गरी बैठक बोलाइएको नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए ।

‘अहिले चार बजे गृहमन्त्रालयमा सरकारले सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन आयोग गठनबारे भनेर बैठक बोलाएको छ । हामी गृह मन्त्रालय जाँदैछौ’, बर्तौलाले जनाए ।

यसअघि दलहरुबीच असोज ५ गते आयोग गठन गर्ने सात दलको दुई बुँदे सहमति भएको थियो । उक्त सहमतिमा राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सचेतकहरूले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया