

महान्यायाधिवक्ता खरेलले भने – मैले राजीनामा दिएको छैन

काठमाडौँ – महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले आफूले राजीनामा नदिएको बताएका छन् ।
विभिन्न सञ्चारमाध्यममा प्रतिनिधिसभा विघटनको मुद्दाको बहसका क्रममा सरकारको बचाऊ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेपछि खरेलले राजीनामा दिएको तर स्वीकृत नभएको समाचार प्रकाशित भएका थिए ।
उक्त समाचारप्रति महान्यायाधिवक्ताखरेलले विज्ञप्ति जारी गर्दै आफूले राजीनामा नदिएको जानकारी दिएका हुन् । विज्ञप्तिमा खरेलले आफ्नो पदबाट राजीनामा दिने सोच नबनाएको, राजीनामा दिनुपर्ने कुनै परिस्थिति पनि नरहेको र नियमित रुपमा कार्यालयमा उपस्थित भइ कामकाज गरिरहेको उल्लेख छ ।
विज्ञप्ति:

