नेम्बाङप्रति श्रद्धाञ्जली दिन शीर्ष नेताहरु च्यासलमा, प्रचण्डले भेटे नेम्बाङकी छोरीहरुलाई


काठमाडौं — नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न शीर्ष नेताहरु एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका छन् ।

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरुले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

त्यसका साथै राप्रपा नेता पशुपति शमशेर राणा, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतका नेताहरू पनि च्यासल पुगेका छन् ।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भने राष्ट्रिय झण्डा ओढाएकी थिइन् ।

त्यसबाहेक च्यासलमा नेकपा एमालेका अन्य नेताहरु पनि नेम्बाङको शव सँगै पुगेका छन् । भने नेकपा एमालेका कार्यकर्ता एवं सर्वसाधारणहरुले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले श्रद्धाञ्जली अर्पण गरेपछि नेम्बाङका छोरीहरुलाई पनि भेटेका थिए ।

तस्बिरहरूः प्रधानमन्त्री सचिवालय

प्रतिक्रिया