ब्याक गर्ने क्रममा टिपरले किच्दा मजदुरको मृत्यु


नुवाकोट – पासाङल्हामु मार्गअन्तर्गत विदुर-बेत्रावती सडकखण्डमा शनिबार टिपरले किच्दा एक मजदुरको मृत्यु भएको छ।

रसुवाको उत्तरगया गाउँपालिका-१ गोगने घर भई बेत्रावतीमा डेरा गरेर मजदुरी गर्दै आएका ३७ वर्षीया कामी तामाङ रहेका छन्।

बालुवा डिपोमा बा ४ ख ४३४२ नम्बरको टिपरले ब्याक गर्ने क्रममा उनलाई किचेको प्रहरीले जनाएको छ। प्रहरीले चालक र गाडीलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया