
यी हुन् पाल्पा दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरु (नामसहित)
पाल्पा – गुल्मीबाट बुटवल गइरहेको लु १ ज ४६०० नम्बरको स्कोरपियो पहिरोमा आएको ढुंगाले थिच्दा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार उक्त घटनामा घाइते हुनेमा रेसुंगा नगरपालिका वडा नं. ८ खानीगाउँका बालकृष्ण श्रेष्ठ (चालक), सोही ठाउँकी शोभा घर्ती मगर, सुष्मा राना, सुष्माकी छोरीहरु सुरबी र सुबिया राना, सोही ठाउँका टेकबहादुर जिएम, स्वीकृति थापा र उनको छोरा सुरेन थापा छन् ।
उक्त घटनामा जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी सहायक हवल्दार यमबहादुर बोहोरा, रेसुंगा–७ की मनकला चुदारा र सिद्धबाबा माविमा कार्यरत शिक्षक विनोद तिमिल्सिनाको मृत्यु भएको छ ।



कागजपत्र |
