समाजवादी मोर्चाको सन्देशसभा धनगढीमा


धनगढी – आज धनगढीमा समाजवादी मोर्चाको सन्देशसभा आयोजना हुने भएको छ ।

सुदूरपश्चिम प्रदेशको उक्त सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका मोर्चाका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

सन्देश सभालाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्नेछन् ।

यसअघि मंगलबार लुम्बिनी प्रदेशमा सभाको आयोजना गरिएको थियो । मोर्चाले सातै प्रदेशमा सन्देशसभा गरिरहेको छ ।

प्रतिक्रिया